PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सुडानलाई उछिनेको नेपालले खराब मुलुकको यात्रामा मलेसिया र नर्वेलाई पछि पार्दै



पहिलोपोस्ट

सुडानलाई उछिनेको नेपालले खराब मुलुकको यात्रामा मलेसिया र नर्वेलाई पछि पार्दै

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण खराब मुलुकको सूचीमा नेपालले सुडानलाई पछि पारेको छ। हिजो साँझ ४ सय २६ नयाँ संक्रमित थपिएपछि नेपालले सुडानलाई खराब मुलुकहरुको सूचीमा एक कदम पछि पारेको हो।

हिजो थपिएका संक्रमितसँगै नेपालमा ८ हजार २ सय ७४ जनामा कोभिड १९ देखिएको छ। सुडानमा संक्रमितको संख्या ८ हजार २० रहेको छ। बिहीवार थपिएका संक्रमितको संख्याले नेपालले अस्ट्रेलियालाई पछि पारेको थियो।

खराब मुलुकको सूचीमा नेपाल अहिले ६८ औं स्थानमा छ। अस्ट्रेलिया ७० ‍औं स्थानमा छ जहाँ संक्रमितको नयाँ संख्या बढ्ने रफ्तार न्युन हुँदैछ।

आज नेपालले मलेसिया र नर्वेलाई पछ्याइरहेको छ। संक्रमितको संख्यामा नेपाल मलेसियासँग २ सय र नर्वेसँग ४ सयको अन्तरले पछाडि छ। आज थपिने संक्रमितको संख्याले नेपालले खराबतिरको यात्रामा कति छलाङ मार्छ अहिले भन्न सकिन्न। मलेसियामा संक्रमितको संख्या ८ हजार ५ सय ३५ रहेको छ भने नर्वेमा यो संख्या ८ हजार ७ सय ८ छ। दुवै मुलुकमा थपिने संक्रमितको संख्याको दर नेपालभन्दा कम रहेकाले यी दुवै मुलुकलाई छिटै नेपालले उछिन्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell