
काठमाडौं : गण्डकी प्रदेशमा बिहानै ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। थपिएका सबै संक्रमित क्वरेन्टाइनमा नै रहेका व्यक्ति हुन्। यससँगै गण्डकीमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ। संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारीभइरहेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको हो।
प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै तनहुँमा संक्रमित भेटिएका छन्। तनहुँको ऋषिङ गाउँपालिकामा २१, ब्यास नगरपालिकामा २ र शुक्लगण्डकी नगरपालिकामा २ जना गरी २५ जनामा संक्रमण देखिएको हो। १ वर्षको बालकदेखि ३७ वर्षसम्मका पुरुषमा संक्रमण देखिएको हो।
त्यसैगरी नपलपुरमा १६ जनामा संक्रमण देखिएको छ। बुलिङटार गाउँपालिकामा ११, बौदीकाली गाउँपालिकामा १, मध्यविन्दु नगरपालिकामा २, विनयत्रिवेणी गाउँपालिकामा १, देवचुली नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो।
गोरखाको भीमसेन नगरपालिकामा ५ जनामा संक्रमण देखिएको छ। म्याग्दीको मालिका गाउँपालिकामा १ जान संक्रमित भेटिएका छन्। कास्कीको मादी गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ। त्यहाँ १९ महिनाको बालिकामा पनि संक्रमण देखिएको छ।
स्याङ्जामा एक जना संक्रमित भेटिएका छन् तर उनको पालिका खुलेको छैन।
बाग्लुङमा ८ जना नयाँ संक्रमित भेटिएका छन्। ८ मध्ये एक महिला छिन्। सबै काठेखोला गाउँपालिकाका हुन्।