PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एमसीसीको विरोधमा बालुवाटार निस्केको साइकल र्‍याली, जमलमै प्रहरीद्वारा झ्यापझुप

एमसीसीको विरोधमा बालुवाटार निस्केको साइकल र्‍याली, जमलमै प्रहरीद्वारा झ्यापझुप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सहयता लिन नहुने भन्दै विभिन्न तहबाट विरोध हुँदै आएको छ। शनिवार बिहानै युवा र विद्यार्थीले पनि यसको विरोध गर्ने तयारी गरेको थियो।

८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ युवा विद्यार्थीहरु र्‍याली शुरु नहुँदै पक्राउमा परे।

जमलबाट अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठ, पुजा कडेल, भुमिराज अघिकारी, दीपा जैशीसमेत पक्राउ परेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell