PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ठोरीका विद्यालयमा पुस्तक वितरण शुरु, रेडियो र टेलिभिजनबाट भइरहेछ पढाई



पहिलोपोस्ट

ठोरीका विद्यालयमा पुस्तक वितरण शुरु, रेडियो र टेलिभिजनबाट भइरहेछ पढाई

वीरगंज : कोभिड-१९ को संक्रमणका कारण चैत ११ गतेदेखि लकडाउन भएको र त्यसअघिदेखि नै शैक्षिक क्षेत्र बन्द रहेको अवस्थामा ठोरी गाउँपालिकाले शनिवारदेखि पुस्तक वितरण शुरु गरेको छ।

ठोरी गाउँपालिका शिक्षा शाखा प्रमुख भुपालकुमार जोशीले कक्षा ३ देखि १० सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पठनपाठनको लागि पुस्तक वितरण गरिएको बताए। उनले रेडियो, टेलिभिजनबाट अध्यापन शुरू भएका कारण विद्यार्थीहरूलाई सहज होस भनेर पुस्तक उपलब्ध गराइएको बताए।

जोशीले टोलटोलमा विद्यार्थीहरूलाई शारीरिक दुरी कायम गराएर अध्यापन गराउने तयारी पनि भइरहेको जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell