PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

पर्साका खोलाबाट गिट्टी-बालुवा उत्खनन् असारमा पनि जारी, सोध्दा देखाउँछन् प्रदेश सरकारको पत्र



राधेश्याम पटेल

पर्साका खोलाबाट गिट्टी-बालुवा उत्खनन् असारमा पनि जारी, सोध्दा देखाउँछन् प्रदेश सरकारको पत्र

वीरगंज : नियम विपरीत अहिले पनि पर्साका भेडाहा, कर्जनिया र सिंघाही नदीबाट खोलाजन्य पदार्थको उत्खनन् जारी छ। जेठ मसान्तमा नै गिट्टी, बालुवा, ढुंगा निकाल्ने अन्तिम म्याद रहे तापनि ठेकेदार कम्पनी तथा स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी तथा वनकर्मीको मिलेमतोमा बालुवा निकाल्ने काम जारी रहेको हो।

स्थानीय प्रशासनलाई थाहा भए पनि नक्कली कागजातको आधारमा बालुवा निकाल्ने काम भइरहेको देखिन्छ। प्रदेश सरकारले लकडाउनका कारण केही समय बढाएर असार २१ गतेसम्म गिट्टी, बालुवा निकाल्ने अनुमति दिएको पत्र देखाउँदै गिट्टी, बालुवा निकाल्ने काम भइरहेको देखिन्छ।

यस विषयमा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीले आफूले खोला उत्खनन् पूर्ण रुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए। प्रदेश सरकारको पत्र स्पष्ट नभएको र अन्य जिल्लामा सो पत्रको आधारमा उत्खनन् कार्य नभएको कारण आफूले पनि पर्सामा रहेका खोलाहरुको उत्खनन् रोक्न निर्देशन दिएको बताए।

तर, गिट्टी, बालुवा उत्खनन् भइरहेको जानकारी आफूलाई आएको र स्थानीय प्रहरीलाई सो कार्य रोक्न निर्देशन दिएको उनले बताए। सो पत्रको आधारमा बारा जिल्लामा रहेका खोलाबाट गिट्टी, बालुवा, ढुंगा उत्खनन् पूर्ण रुपमा बन्द रहेको र पत्रबारे आधिकारिकता खोज्ने काम भइरहेको प्रमुख अन्सारीले जानकारी गराए।

प्रदेश सरकारले पठाएको पत्र जिल्ला समन्वय समितिमा नपुगी सिधै ठेकेदारको हातमा पुगेको छ। ठेकेदारहरु सो पत्रको आधारमा बुधवार महानगरपालिका कार्यालयमा पुगेको र सो कार्यालयले भेडाहा खोलाबाट उत्खनन् गर्ने आदेशसमेत दिएको जानकारी प्राप्त भएको छ।

महानगरपालिका राजस्व फाँटका इन्चार्ज रामदयाल यादवले पत्र लिएर आफू कहाँ आएको बताए। सो विषयमा ठेकेदारले प्रमुख कार्यकारी अधिकृतसँग भेटेर उत्खननको लागि पत्र लिएर गएको आफूलाई जानकारी भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell