PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

चीन भारत विवादः नेपालले भन्यो, ‘आपसी संवादबाट शान्तिपूर्ण समाधान निक्लनेमा विश्वस्त छौँ’



पहिलोपोस्ट

चीन भारत विवादः नेपालले भन्यो, ‘आपसी संवादबाट शान्तिपूर्ण समाधान निक्लनेमा विश्वस्त छौँ’

नेपालले चीन र भारतबीच सीमा क्षेत्रमा भइरहेको तनाव संवादको माध्यमबाट शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने बताएको छ।

गालवन क्षेत्रमा दुई देशबीच भएको हिंसात्मक झडपबारे शनिबार प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले आफ्नो धारणा राखेको हो।

दुबै देशबीच देखिएको विवाद संवादबाट टुंग्याउनुपर्ने भन्दै विज्ञप्तिमा भनिएको छ ‘गालवान उपत्यकामा भएको घटनाको सम्बन्धमा आपसी संवादबाट शान्तिपूर्ण ढंगले समाधान निकाल्न छिमेकी मित्रराष्ट्र भारत र चीन सक्षम हुने विश्वास छ। क्षेत्रिय र सम्रग विश्वको शान्तिका लागि दुवै देशबीचको देखिएको विवाद समाधान भइ सहज सम्बन्ध हुन जरुरी छ।’

गालवान क्षेत्रमा भएको झडपमा भारतका २० सैनिक मारिएका थिए। चीनबाट पनि मानवीय क्षति भएको दाबी भारतले गर्दै आएको छ तर चीनले भारतको दाबी पुष्टि गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell