PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

कोरोना संक्रमितलाई धारामा आउनबाट रोक्न छोडिएको करेन्ट लागेर एक महिलाको मृत्यु



एम बम

कोरोना संक्रमितलाई धारामा आउनबाट रोक्न छोडिएको करेन्ट लागेर एक महिलाको मृत्यु

कैलाली : डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ मा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। क्वारेन्टाइनबाट घर गएका व्यक्तिहरु धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्यांकीमा बिजुलीको तार हालेको स्थानीले बताएका छन्।

सोही तारबाट प्रवाह भएको करेन्ट लागेर आदर्श गाउँपालिका वडा नम्बर ७ नवाघरका मानबहादुर बाघकी २६ बर्षीय श्रीमती तुल्सी थापा बाघको मृत्यु भएको हो।

गाउँको सार्वजनिक धारामा भारतबाट आएका, क्वारेन्टाइनमा बसेर घर फर्केका र संक्रमित पनि आउन सक्ने भएकाले करेन्ट छोडेको किमाडीले स्वीकार गरेको प्रहरीले जनाएको छ। किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शनगरले नियन्त्रणमा लिएको छ।

शव अहिले जिल्ला अस्पताल डोटीमा छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए।

गाउँको सार्वजनिक धारामा घरबाट बिजुलीको तार र ग्याबिन जालीको तार जोडेर धारामा लगाएपछि धारामा समेत करेन्ट प्रवाह भएको स्थानीयले बताएका छन्। मृतक महिला बाल विकासमा सहयोगी कार्यकर्ताको रुपमा समेत क्रियाशील रहेको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell