PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

हल्यान्डको दोहोरो गोलमा डर्टमण्डको जित



पहिलोपोस्ट

हल्यान्डको दोहोरो गोलमा डर्टमण्डको जित

जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा बोरुसिया डर्टमण्डले लाइपजिगमाथि २-० को सहज जित निकालेको छ। रेडबुल एरेना स्टेडियममा भएको खेलमा घरेलु टोली लाइपजिगलाई हराउन अर्लिङ हल्याण्डले दोहोरो गोल गरे।

खेलको ३० औं मिनेटमा हल्याण्डको गोलसँगै अग्रता बनाएको डर्टमण्ड पहिलो हाफमा १-० ले अघि रह्यो। दोस्रो हाफमा पनि हल्याण्डले नै अर्को गोल थपे। उनले खेलको अतिरिक्त समयमा गोल गर्दै डर्टमण्डलाई सहज जित दिलाए।

जितसँगै डर्टमण्डको अंकतालिकामा ६९ अंकपुगेको छ। तालिकाको दोस्रो स्थानमा रहे पनि डर्टमण्डको उपाधिको होडबाट बाहिरिसकेको छ।

आजै भएको अर्को खेलमा कोल्न र फ्रान्कफर्टले बराबरी खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell