PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लेवान्डोस्की चम्किँदा बायर्नको सहज जित



पहिलोपोस्ट

लेवान्डोस्की चम्किँदा बायर्नको सहज जित

जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा लिग लिडर बायर्नले फ्राइबर्गमाथि ३-१ गोल अन्तरको सहज जित निकालेको छ।

रोबर्ट लेवान्डोस्कीको दोहोरो गोल र जोसुवा किममिचको एक गोलको सहायतामा बायर्नले सहज जित निकालेको हो। उता फ्राइबर्गका लागि लुकास हुलरले सान्त्वना गोल फर्काए।

खेलमा ४ वटै गोल पहिलो हाफमै लागेको थियो। खेलको १५ औं मिनेटमा किममिचले बायर्नलाई अग्रता दिलाएका थिए। त्यसपछि २४ औं र ३७ औं मिनेटमा लेवान्डोस्कीले गोल थपे। त्यस्तै फ्राइबर्गका लागि ३३ औं मिनेटमा होलरले गोल गरेका थिए।

अंकतालिकाको शीर्ष स्थानमा रहेको बायर्नले बुन्डेसलिगा उपाधि यसअघिको खेल पछि नै सुरक्षित गरिसकेको छ। फ्राइबर्ग भने ४५ अंकसहित तालिकाको आठौं स्थानमा छ।

आजै भएको अरु खेलमा हे्र्था बर्लिनले लेवकुसनलाई २-० ले हराउँदा पाडरबोन ग्लाडबाखसँग ३-१ ले पराजित भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell