PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

अग्रता जोगाउन नसक्दा आर्सनल ब्राइटनसँग पराजित



पहिलोपोस्ट

अग्रता जोगाउन नसक्दा आर्सनल ब्राइटनसँग पराजित

इङलिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा आर्सनल ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको छ।

फाल्मर स्टेडियममा भएको रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। उनले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए। तर त्यसको सात मिनेट भित्रै ब्राइटनले गोल फर्कायो। लेविस डंकले ७५ औं मिनेटमा गोल गर्दा खेल थप रोमान्चक बन्यो। फेरि खेलको अतिरिक्त समयमा निल माउपेले ब्राइटनका लागि गोल थपे। र, अन्तिम समयमा घरेलु टोलीले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै ब्राइटन ३२ अंकसहित तालिकाको १५ औं स्थानमा छ। त्यस्तै आर्सनल ४० अंकसहित नवौं स्थानमा छ।

आजै भएको अर्को खेलमा वार्टफोर्ड र लेस्टरसिटीले १-१ को बराबरी खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell