PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

झण्डै दुई केजी अफिमसहित महोत्तरीबाट तीन जना पक्राउ



पहिलोपोस्ट

झण्डै दुई केजी अफिमसहित महोत्तरीबाट तीन जना पक्राउ

जनकपुरधामः महोत्तरीमा लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। पूर्व-पश्चिम लोकमार्गमा अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका १ बाट तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

अफिम बेचिरहेको अवस्थामा ना ४० प ६१५७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। एक केजी ९५० ग्राम अफिमसहित उनीहरु पक्राउ परेका हुन्।  

पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका १ का ४५ वर्षीय बीरबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र सिरहा जिल्लाको सिरहा नगरपालिका ५ का धनपत यादवलाई रहेका छन्।

उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell