PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि,  सङ्क्रमितको सङ्ख्या ५ सय ४ पुग्यो



पहिलोपोस्ट

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि,  सङ्क्रमितको सङ्ख्या ५ सय ४ पुग्यो

काठमाडौंः गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले १६ जना नयाँ व्यक्तिमा कोरोना पोजेटिभ भएको जानकारी दिए। सङ्क्रमण देखिएका बाग्लुङ्, म्याग्दी, तनहुँ र पर्वतका रहेका छन्। बाग्लुङ्का ९,म्याग्दीका ४, तनहुँ १ र पर्वतको २ जना रहेका छन्।उनीहरूलाई अस्पताल लग्ने तयारी भइरहेको डाक्टर शर्माले जानकारी दिए। 

यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ सय ४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell