PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एकै दिन १५ हजारभन्दा धेरै संक्रमित थपिएपछि भारतमा संक्रमित संख्या ४ लाख माथि



पहिलोपोस्ट

एकै दिन १५ हजारभन्दा धेरै संक्रमित थपिएपछि भारतमा संक्रमित संख्या ४ लाख माथि

नयाँ दिल्ली : एकै दिन १५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएपछि भारतमा संक्रमितको संख्याले ४ लाखको सीमा पार गरेको छ।

शनिवार भारतमा १५ हजार २ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। यससँगै भारतमा संक्रमितको संख्या ४ लाख १० हजार ९ सय २३ पुगेको छ। भारतमा संक्रमितको संख्या १ लाख पुग्न १ सय ९ दिन लागेको थियो भने पछिल्ला एक लाख संक्रमित थपिन जम्मा ८ दिन लागेको छ।

साथै ३ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ एकै दिन। यससँगै भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ हजार पार भएको छ। पछिल्लो तथ्याङ्कअनुसार कोरोनाबाट भारतमा १३ हजार १ सय ८३ जनाको मृत्यु भएको छ।

भारतमा पछिल्लो ८ दिनमा एक चौथाई संक्रमित थपिएका हुन्। पछिल्ला ८ दिनमा मृत्यु हुनेको संख्या कूल मृत्यु हुनेको ३२.६ प्रतिशत हो।

दिल्लीमा ३६ सय ३० नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३८ सय ७४। दिल्लीमा एकै दिन ७७ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell