PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भालाडोलिडमाथि एथ्लेटिकोको संघर्षपूर्ण जित



पहिलोपोस्ट

भालाडोलिडमाथि एथ्लेटिकोको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडमाथि १-० गोल अन्तरको संघर्षपूर्ण जित निकालेको छ।

वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली एथ्लेटिकोले जित निकाल्दै अंकतालिकाको शीर्ष तीनमा प्रवेश गरेको हो। एथ्लेटिकोको जितमा भिटोलोले निर्णायक गोल गरे। खेलको ७३ मिटेमा मैदान प्रवेश गरेका उनले ८१ औं मिनेटमा गोल गर्दै एथ्लेटिकोको जित सुनिश्चित गरे।

जितसँगै एथ्लेटिको ५२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। अंकतालिकामा शीर्षस्थानमा रहको बार्सिलोनाको ६५ अंक छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ६२ अंक छ।

गएराति नै भएको अर्को खेलमा गेटाफे र इबरले १-१ को बराबरी खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell