PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

भारत-चीन विवादमा बोले ट्रम्प: हामी दुबै देशलाई मद्दत गर्ने प्रयासमा छौं



पहिलोपोस्ट

भारत-चीन विवादमा बोले ट्रम्प: हामी दुबै देशलाई मद्दत गर्ने प्रयासमा छौं
PHOTO : Shutterstock

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच जारी सीमा तनाव अन्त्यका लागि सहयोग गर्न चाहेको बताएका छन्। दुई देशबीचको तनावलाई नजिकबाट नियालिरहेको भन्दै ट्रम्पले अमेरिकाले भारत र चीनसँग कुराकानी गरिरहेको बताए।

ह्वाइट हाउसबाहिर पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘यो एकदमै अफ्ठ्यारो परिस्थति हो। हामी भारतसँग कुराकानी गरिरहेका छौं। हामी चीनसँग पनि कुरा गरिरहेका छौं। त्यहाँ यी दुई देशबीच ठूलो समस्या छ। दुबै आमनेसामने भएका छन् र हामी हेरिरहेका छौं कि अगाडि के हुनेछ? हामी उनीहरुको मद्दत गर्ने प्रयास गरिरहेका छौं।’

केही दिनअघि गलवान घाटीमा भारत र चीनबीच भएको हिंस्रक झडपमा भारतका कमाण्डिङ अफिसरसहित २० जना सैनिकको मृत्यु भएको थियो। चीनका पनि कैयौ सैनिक हताहत भएको भनिएको छ। तर आधारिक रुपमा सार्वजनिक गरिएको छैन।

भारत र चीनको सीमा विवादलाई लिएर राष्ट्रपति ट्रम्पले अघिल्लो महिना अमेरिका मध्यस्थता गर्न तयार रहेको बताएका थिए। तर दुबै देशले अस्वीकार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell