
सुशान्त सिहं राजपुतको निधनपछि भारतमा ५ जनाले आत्महत्या गरेका छन्। सुशान्तको आत्महत्या खबरले दु:खी र मर्माहत भएका उनीहरुले पनि झुण्डिएर आत्महत्या गरेका हुन्।
पछिल्लो दिन उत्तर प्रदेशमा एक ११ वर्षीय बालकले फाँसी लगाएर सुशान्तका नाममा ज्यान दिएका छन्।
उत्तर प्रदेशको हापुड जिल्लामा सुशान्तको मृत्युपछि पीडामा रहेका बालकले आमाको सलमा पासो लगाई झुण्डिएर मृत्युवरण गरे। परिवारजनका अनुसार ती बालक सुशान्तका ठूलो फ्यान थिए। उनको मृत्युबाट एकदमै दु:खी थिए।
यसअघि विशाखापट्टनम र अंडमानमा पनि दुई जना महिलाले आत्महत्या गरिसकेका छन्। सुशान्तको मृत्युबाट निराश विशाखापट्टनममा २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरीले फासी लगाएर आत्महत्या गरेका थिए।
त्यसैगरी उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एक/एक जनाले आत्महत्या गरेका छन्।
बरेलीमा एक विद्यार्थीले ‘जब सुशान्त सिंह राजपूत आत्महत्या गर्न सक्छन् भने मैले पनि गर्न सक्छु’ भन्दै आत्महत्या गरेका हुन्। त्यसैगरी पटनामा १७ वर्षीया किशोरीले सुशान्तको मृत्युको खबरपछि आत्महत्या गरिन्। उनी कक्षा १० को खराब रिजल्टका कारण डिप्रेशनमा थिइन्।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जुनमा मुम्बईको बांद्रास्थित अफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरेका थिए। उनी पछिल्लो केही समययता डिप्रेशनमा थिए। प्रहरीले यो घटनामा १६ जनाको बयान लिएको छ। उनले निधनपछि भारतमा आत्महत्याको ट्रेण्ड बढेको बताइएको छ।