PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

घरघरमा मनाइँदै योग दिवस : प्रशिक्षक भन्छिन्, 'हरेक दिन दुई घन्टा गर्नुस्'

घरघरमा मनाइँदै योग दिवस : प्रशिक्षक भन्छिन्, 'हरेक दिन दुई घन्टा गर्नुस्'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : छैठौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न तवरले मनाइँदैछ।

कोरोना महामारीका कारण भेला तथा सभा नभएकाले घरघरमै योग दिवस मनाइँदैछ। 

१३ वर्षदेखि योग साधनामा क्रियाशिल पशुपति गिरीले पनि काठमाडौंको नैकापस्थित घरमै परिवारसँग योग दिवस मनाएकी छिन्।

पतान्जली योगपीठबाट योग सिक्दै प्रशिक्षक भएकी गिरीले योगले जीवनलाई सहज बताउने बताइन्। 'योगले जीवनलाई सहज तरिकाबाट अघि बढाउन सहयोग गर्छ। योगबाट नै जीवनलाई रुपान्तरण गर्न सकिन्छ,' उनले भनिन्।

उनले सबैलाई हरेक दिन दुई घन्टा घरघरमै योग सुझाइन्। भनिन्, 'अहिले कोरोनाका कारण लकडाउन छ। यस्तो बेला घरघरमै हरेक दिन २ घन्टा योगा गर्दा राम्रो हुन्छ।'

योगाले रोग निको पार्नुका साथै मनलाई आनन्द दिनेसमेत गिरीले बताइन्। 'इम्युनिटी पावर योगले बढाउँछ। रोग निको पार्नेमात्र नभई मनलाई खुसी बनाउँछ,' उनले भनिन्।

नेपाल टेलिकममा जागिरेसमेत रहेकी उनले यसअघि टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा पाँच दिने शिविर चलाएकी थिइन्।

सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ। नेपालमा भने माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell