PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

चिनियाँ नाका हिल्सामा खुल्यो सशस्त्रको बीओपी, इन्सपेक्टरको कमाण्डमा २३ जना खटिए



पहिलोपोस्ट

चिनियाँ नाका हिल्सामा खुल्यो सशस्त्रको बीओपी, इन्सपेक्टरको कमाण्डमा २३ जना खटिए

काठमाडौं: चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ। हिल्सा मानसरोवर जाने मार्ग पनि हो। 

समुद्री सतहबाट तीन हजार ४४० मिटर उचाईमा रहेको नाम्खा गाउँपालिका ५ हिल्सामा स्थापना भएको बीओपीको शनिवार औपचारिक समारोहबीच सशस्त्र प्रहरी कर्णाली प्रदेश प्रमुख डिआइजी प्रजाभक्त श्रेष्ठले उद्घाटन गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीलगायत सुरक्षा समितिका पदाधिकारी उपस्थित थिए।

हुम्लास्थित ४४ नम्बर गुल्मका गुल्मपती डीएसपी मोहन विष्टले हिल्सामा इन्सपेक्टरको कमाण्डमा २३ जना जवान खटिएको बताए। उनका अनुसार बीओपी अहिले भाडाको घरमा राखिएको छ। जग्गा प्राप्त भएपछि भौतिक संरचना निर्माणको काम अघि बढ्नेछ। ‘जग्गा प्राप्तिको चरणमा छ। भूमि व्यवस्था मन्त्रायमा पठाइएको छ। जग्गा पाएपछि भवन बन्छ,’ उनले भने।

बीओपी स्थापनापछि सो क्षेत्रमा सशस्त्रले नियमित गस्ती गर्नेछ। ‘हाम्रो टोलीले सीमानाका हरेक कुरा, अपराधिक गतिविधि, घुसपैठ, सीमा अतिक्रमणजस्ता कुरा हेर्नेछ,’ डीएसपी विष्टले भने।

यसअघि सरकारले दार्चुलाको छाङरु, मुस्ताङको कोरला नाका नजिकै बीओपी स्थापना गरिसकेको छ। अब बैतडीको पश्चेश्वरमा खोल्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell