
सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिज्म अर्थात परिवारवाद/नातावादका विषयमा चर्को बहस भइरहेको छ। सुशान्तको आत्महत्यालाई नेपोटिज्मसँग जोडेर हेरिएको छ। बलिउडमा सलमान खान, करण जोहरहरुले नेपोटिज्म चलाएको आरोपले बजार गर्माएको छ।
कंगना रनावत, साहिल खानजस्ता कलाकारले सलमानमाथि निशाना साधेका छन्। प्रतिभावान हुँदाहुँदै पनि गुट र परिवारवादले धेरै सक्षम कलाकारलाई पाखा लगाएको र सुशान्तले पनि यसै कारण डिप्रेशनमा गएर आत्महत्या गरेको दावी गरिएको छ। सुशान्त डिप्रेशनमा जानुमा सलमानको पनि हात रहेको आरोप लगाइएको छ। बिहार मुजफ्फरपुर अदालतमा त सलमानसहित बलिउडका ८ जनाविरुद्ध मुद्दा नै परेको छ। आरोप तथा मुद्दाले सलमानमाथि दर्शकहरु पनि खनिएका छन्।
आफूमाथि अनेक खालका आरोप तथा मुद्दा लागेपछि सलमानले मुख खोलेका छन्। उनले आफ्ना फ्यानलाई सुशान्तको परिवार तथा फ्यानलाई साथ दिन अपिल गरेका छन्।
ट्वीटरमार्फत सलमानले लेखेका छन्, ‘म आफ्ना सबै फ्यानसँग अनुरोध गर्छु कि तपाईहरु सुशान्तका फ्यानलाई साथ दिनुस्। उनीहरुको भाषा र लाल्छनाप्रति ध्यान नदिनुस्। बल्कि यसको पछाडिको भावना हेर्नुस्। कृपया सुशान्तको परिवारलाई सहयोग गर्नुस्। परिवार र फ्यान्ससँग उभिनुस्। किनकि आफ्नालाई गुमाउनुको पीडा दर्दनाक हुन्छ।’
A request to all my fans to stand with sushant's fans n not to go by the language n the curses used but to go with the emotion behind it. Pls support n stand by his family n fans as the loss of a loved one is extremely painful.
— Salman Khan (@BeingSalmanKhan) June 20, 2020