PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुंगेल



पहिलोपोस्ट

टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुंगेल

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक सन्जिवकुमार ढुंगेललाई  मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो।

४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए। उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन्।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन्। १३ औं सागमा नेपालले टेबलटेनिसमा १ रजत ४ कांस्य पदक जितेको थियो।

ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए। अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell