PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, आज थपिए ७६ जना



एम बम

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, आज थपिए ७६ जना

कैलाली : सुदूरपश्चिम प्रदेशमा आइतवार ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौंमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो।

काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो। यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

आइतवार थपिएकामध्ये सबैभन्दा बढी कैलालीका २९ जना रहेको श्रेष्ठले जानकारी दिए। यस्तै, डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुईरदुई जनामा पनि संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार २४ पुगेको छ।

हालसम्म सबैभन्दा बढी कैलालीका दुई सय ६१, डडेल्धुरामा एक सय ८६, बैतडीमा एक सय ४२, डोटीमा एक सय ५४, कञ्चनपुरमा एक सय, अछाममा ७६, बाजुरामा ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell