
जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या २ हजार ९ सय २ पुगेको छ। जसमध्ये ९ सय ५२ जना कोरोना जितेर उपचारपछि घर फर्किसकेका छन्। प्रदेश २ मा हालसम्म २ हजार ७ सय ४२ पुरुष र १ सय ६० जना महिलामा कोरोना संक्रमण देखिएको छ।
हालसम्म प्रदेश २ को सबै भन्दा बढी रौतहटमा ४६ जना महिलासहित १ हजार ४५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये २ सय ४७ जना उपचारपपछि निको भएर घर फर्केका छन्।
त्यस्तै, सर्लाहीमा ५ सय २१ पुरुष र ३० महिला गरी ५ सय ५१ जनामा संक्रमण देखिएको छ। जसमा १ सय ६३ जना निको भएर घर फर्केका छन्। महोत्तरीमा ५ सय १३ जना पुरुष र २१ जना महिला गरी कुल ५ सय ३४ जनामा संक्रमण देखिएको छ भने ८६ जना निको भएका छन्।
धनुषामा २ सय ३३ जना पुरुष र १५ जना महिला गरी कुल २ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा १५० जना उपचार पछि निको भएर घर फर्केका छन्। पर्सामा १ सय २७ जना पुरुष र २६ जना महिला गरी कुल १ सय ५३ जनामा संक्रमण देखिएको छ। जसमध्ये १ सय २५ जना निको भएर घर फर्केका छन्।
यसैगरी, सप्तरीमा १ सय २८ पुरुष र १० महिला गरी कुल १ सय ३८ जनामा संक्रमण देखिएको छ भने ५३ जना उपचार पछि निको भएर घर फर्केका छन्। सिरहामा १ सय १८ जना पुरुष र ५ जना महिला गरी कुल १ सय २३ जनामा कोराना संक्रमण देखिएको छ भने ४८ जना निको भएका छन्।
यता, बारामा १ सय जना पुरुष र ७ जना महिला गरी कुल १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा ७५ जना निको भएर घर फर्केका छन्। यस्तै, प्रदेश २ मा अन्य ३ जना प्रदेश बाहिरका नागरिकमा कोरोना संक्रमण देखिएको छ भने ५ जना निको भएर घर फर्केका छन्।