PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ओखलढुङ्गामा पनि पुग्यो कोरोना, संक्रमित २८ वर्षीय पुरुष एक साताअघि भारतबाट आएका



रासस

ओखलढुङ्गामा पनि पुग्यो कोरोना, संक्रमित २८ वर्षीय पुरुष एक साताअघि भारतबाट आएका

ओखलढुङ्गाः ओखलढुङ्गामा पहिलोपटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए। सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन्। भारतको गोरखपुरबाट आएका ती युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो। उनी एक हप्ताअघि जिल्ला आएका हुन्।

आइतबार पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell