PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

काठमाडौंबाट भारत पुर्‍याएर बेचिएकी १३ वर्षीया बालिकालाई प्रहरीले गर्‍यो उद्धार



पहिलोपोस्ट

काठमाडौंबाट भारत पुर्‍याएर बेचिएकी १३ वर्षीया बालिकालाई प्रहरीले गर्‍यो उद्धार

काठमाडौं : १३ वर्षीय बालिकालाई भारतमा लगेर वेचबिखन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै, प्रहरीले भारतमा बेचिएकी बालिकालाई उद्धार गरेर नेपाल ल्याएको छ। मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले भारतीय प्रहरीको सहयोगमा जेठ ३० गते उद्धार गरेको व्यूरोका एसपी गोविन्द थपलियाले जानकारी दिए।

प्रहरीले बेचविखन गर्ने दुई जना युवकलाई समेत नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका १ घोडाथली घर भई हाल सुनसरी इटहरी बस्दै आएका २२ वर्षीय कृष्ण मगर र सिन्धुपाल्चोकै तर हाल पोखरा बस्ने २८ वर्षीय प्रविन तामाङलाई नियन्त्रणमा लिएको एसपी थपलियाले जानकारी दिए।

उनीहरुले ललितपुर लगनखेलबाट एक नाबालिकलाई काममा लगाई दिन्छु भनी ललाई फकाई भारतमा पुर्‍याएका थिए। त्यसपछि प्रहरीलाई बेचबिखन गरेको सुचना पाएपछि अनुसन्धानमा लागेको थियो। २०७६ फागुन ९ गते काठमाडौको नयाँ बसपार्क बालाजुबाट कृष्ण मगर र प्रवीण तामाङ बालिकालाई काठमाडौबाट भैरहवा-सुनौली जाने बसमा सँगै लगेको खुल्यो।

सुनौलीबाट भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थान सम्म पुर्‍याइ डान्स आर्केस्ट्रामा लगाएको खुलेपछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा उद्धार अगाडि बढाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell