PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

नर्वेलाई जित्यो नेपालले, खराब मुलुकतिरको यात्रामा मोरक्कोको पछिपछि



पहिलोपोस्ट

नर्वेलाई जित्यो नेपालले, खराब मुलुकतिरको यात्रामा मोरक्कोको पछिपछि

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण खराब मुलुकको सूचीमा नेपालले युरोपेली मुलुक नर्वेलाई पछि पारेको छ। हिजो साँझ ४ सय २१ जना नयाँ संक्रमित थपिएपछि नेपालले नर्वेलाई खराब मुलुकहरुको सूचीमा एक कदम पछि पारेको हो।

हिजो थपिएका संक्रमितसँगै नेपालमा ९ हजार २६ जनामा कोभिड १९ देखिएको छ। नर्वेमा संक्रमितको संख्या ८ हजार ७ सय ४५ रहेको छ। शुक्रवार थपिएका संक्रमितको संख्याले नेपालले मलेसियालाई पछि पारेको थियो।

खराब मुलुकको सूचीमा नेपाल अहिले ६६ औं स्थानमा छ। नर्वे ६७ ‍औं स्थानमा छ।

नेपालभन्दा एक कदम अगाडि मोरक्को रहेको छ। त्यहाँ संक्रमितको संख्या ९ हजार ९ सय ७७ रहेको छ। हिजो त्यहाँ २ सय १४ नयाँ संक्रमित थपिएका थिए। ६४ औं स्थानमा युरोपेली मुलुक चेज रिपब्लिक रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell