PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

 स्याङ्जामा १२ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

 स्याङ्जामा १२ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

काठमाडौं : स्याङ्जा र पूर्वी नवलपरासीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्याङ्जामा १२ जना र पूर्वी नवलपरासीमा ८ जनामा कोरोना संक्रमण देखिएको हो। प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

स्याङजा कालीगण्डकी गाउँपालिका दुई पुरुष, अर्जुनचौपारी गाउँपालिकाका दुई महिला र ८ पुरुषमा कोरोना देखिएको हो। त्यस्तै, पूर्वी नवलपरसी बौदिकाली गाउँपालिकाका ८ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमण देखिएका सबै जना भारतबाट फर्किएका हुन्। उनीहरुलाई अस्पताल लग्ने तयारी भइरहेको छ। यससँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या ५ सय ४० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell