PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

एस्टोन भिल्लामाथि चेल्सीको पुनरागमन जित



पहिलोपोस्ट

एस्टोन भिल्लामाथि चेल्सीको पुनरागमन जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एस्टोन भिल्लामाथि चेल्सीले जित निकालेको छ। पहिलो हाफमा १ गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा पुनरागमन गर्दै जित २-१ गोल अन्तरले जित निकालेको हो।

भिल्ला पार्क स्टेडियममा भएको खेलमा कोर्थनी हउसले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले खेलको ४३ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा भिल्ला १-० ले अघि रह्यो।

दोस्रो हाफमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए। उनले खेलको ६० औं मिनेटमा गोल गरेका थिए। त्यस्को दुई मिनेट भित्रै चेल्सीले अग्रता बनायो। ओलिभर जिराउडले खेलको ६२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसपछि दुबै टिमले गोल नगर्दा खेल चेल्सीले २-१ ले आफ्नो पक्षमा पार्‍यो।

जितसँगै चेल्सी ५१ अंकसहित चौथो स्थानमा छ। १९ औं स्थानमा रहेको एस्टोन भिल्ला भने २६ अंकसहित रेलिगेनको भयमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell