PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

थामिने 'मुड'मा छैन कोरोनाको कहर, २४ घन्टामा सबैभन्दा धेरै संक्रमितको रेकर्ड



पहिलोपोस्ट

थामिने 'मुड'मा छैन कोरोनाको कहर, २४ घन्टामा सबैभन्दा धेरै संक्रमितको रेकर्ड

काठमाडौं : विश्व स्वास्थ्य संगठनले एकै दिन सबैभन्दा धेरै संक्रमित थपिएको जनाएको छ।

एकै दिन ब्राजिलमा ५४ हजार ७ सय ७१ नयाँ संक्रमित भेटिएका छन् भने अमेरिकामा ३६ हजार ६ सय १७ जना। कोरोना भाइरसको संक्रमणका कारण संसारका सबैभन्दा खराब हालतमा रहेका मुलुकको सूचीमा पहिलो र दोस्रो स्थानमा छन् अमेरिका र ब्राजिल।

विश्वका धेरै मुलुकमा लकडाउन गरिँदा अमेरिका र ब्राजिलका राष्ट्रपतिले भने लकडाउन र सामाजिक दुरी कोरोना भाइरसभन्दा अर्थतन्त्रका लागि भयानक हुने तर्क गरेका थिए। अहिले यी दुवै मुलुक सबैभन्दा धेरै संकटमा छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिन विश्वभर १ लाख ८३ हजार नयाँ संक्रमित थपिएका हुन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ८९ लाख २७ हजार १ सय ९५ जना संक्रमित रहेका छन्। अमेरिकामा संक्रमितको संख्या २२ लाख ७९ हजार ३ सय ६ पुगेको छ। ब्राजिलमा यो संख्या १० लाख ८३ हजार ३ सय ४१ पुगेको छ। रसियमा ५ लाख ८३ हजार ८ सय ७९ संक्रमित छन् भने भारतमा ४ लाख १० हजार ४ सय ६१ जना संक्रमित छन्। विश्वमा यही रोगका कारण ४ लाख ६७ हजार ६ ससय ३६ जनाले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell