PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

लिग लिडर लिभरपुल बराबरीमा रोकियो



पहिलोपोस्ट

लिग लिडर लिभरपुल बराबरीमा रोकियो

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिगलिडर लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्क स्टेडियममा भएको मर्सिसाइड डर्बीमा लिभरपुल घरेलु टोली एभर्टनसँग बराबरीमा रोकिएको हो।

अधिकांश समय बल नियन्त्रणमा राखे पनि लिभरपुलले एभर्टनको डिफेन्सलाइन तोड्न कडा संघर्ष गर्नुपर्‍यो। यता लिभरपुलका लागि गोलकिपर एलिसनले केही उत्कृष्ट बचाउ गरेका थिए। उनको प्रदर्शनलाई लिएर लिभरपुलको योर्गेन क्लोपले उनलाई ‘विश्वस्तरीय’ गोलकिपर भएको प्रतिकृया दिए।

‘एकदमै सानदार। विश्वस्तरीय गोलकिपिङ यही हो। खेलको ९० मिनेटमा यो भन्दा धेरै गर्नेसक्ने ठाउँ थिएन’ उनले भनेका छन्।

उपाधिका लागि अब लिभरपुललाई ५ अंक आवश्यक छ।

गएराति भएको खेलसँगै लिभरपुल एभर्टनसँगको पछिल्ला २२ खेलहरुमा अपराजित छ। पछिल्लो समय सन् २०१० मा मात्र लिभरपुल एभर्टनसँग पराजित भएको थियो।

अंकतालिकामा लिभरपुल ८३ अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६० अंक छ भने तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५४ अंक छ। एभर्टन भने ३८ अंकसहित १२ औं स्थानमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell