PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण



पी बी खड्का

कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको आकस्मिक कक्षमा ३ जना विरामीको उपचारमा सलंग्न रहेका ४२ जना स्वास्थयकर्मीमध्ये ५ जनामा संक्रमण पुष्टि भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीमध्ये ४ जना प्रयोगशालामा काम गर्ने र एक जना एक्सरे कक्षमा काम गर्ने स्वास्थ्यकर्मी हुन्। संक्रमित पाँचै जना अस्पतालको आइसोलेसनमा छन् भने बाँकी स्वास्थ्यकर्मी नियमित काममा फर्किने उनले बताए।

आकस्मिक कक्षमा उपचाररत तीनै जना विरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ४२ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका थिए।

यस्तै, दैलेखको नारायण नगरपालिका–६ समुदायस्तरबाटै आएका एक जनामा विरामीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिवार मात्रै उपचारका लागि प्रदेश अस्पताल आएका उनको एपेन्डिक्सको अप्रेसन गर्दा संलग्घन स्वास्थ्यकर्मीहरुको ट्रेसिङको काम भइरहेको फोकल पर्सन पौडेलले भनाई छ। उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई फेरि क्वारेन्टिनमा राखिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell