
वीरगंज : एकै परिवारका आमासहित २ छोरा कोरोनामुक्त भएका छन्। पर्सा, सखुवाप्रसौनी-२ गुलरियाकी ३० वर्षीया आमा, उनकी डेढ र ३ वर्षीय सन्तानसहित एकै परिवारका तीन जना डिस्चार्ज भएका हुन्।
नारायणी अस्पताल मातहत रहेको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार लागातार दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुसहित ११ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।
डिस्चार्ज हुने थप ८ जनामा सबै जगनाथपुर गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय महिला र ७ जना पुरुष रहेका छन्। पुरुषहरुको संख्या २०, ३५, २७, ५५, ३०, ३५ र ३५ रहेको छ। सबैलाई पुष्प गुच्छाले बिदाई गरिएको छ। अब गण्डक अस्पतालमा ५ महिलासहित ३२ जना संक्रमितको उपचार भइरहेको छ।