PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

भारत-चीनसँग तनाव: प्रतिरक्षा वार्ता गर्न भारतीय रक्षामन्त्री रुसतिर, सैनिक परेडमा पनि सहभागी हुने



पहिलोपोस्ट

भारत-चीनसँग तनाव: प्रतिरक्षा वार्ता गर्न भारतीय रक्षामन्त्री रुसतिर, सैनिक परेडमा पनि सहभागी हुने

भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरेका छन्। भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्न तीन दिने भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

मन्त्री सिंह रुसको राजधानी मस्कोमा आयोजना हुने दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा आयोजना हुने सैनिक परेडमा पनि सहभागी हुनेछन्।

हालैमा चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक मारिएका थिए। चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ। आफू रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा वार्ता हुने जानकारी उनले दिए। एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell