PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

सुशान्तसिंह राजपुतको निधनमा महेन्द्रसिंह धोनीको प्रतिक्रिया



पहिलोपोस्ट

सुशान्तसिंह राजपुतको निधनमा महेन्द्रसिंह धोनीको प्रतिक्रिया

डिप्रेशनका कारण आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनप्रति भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले दु:ख व्यक्त गरेका छन्। सुशान्तको निधनमा प्रतिक्रिया नदिएको भन्दै प्रश्न उठिरहेका बेला 'एमएस धोनी: द अनटोल्ड स्टोरी' फिल्मका निर्देशक निरज पाण्डेले धोनी मात्रै उनको परिवार नै दु:खी भएको जानकारी दिएका छन्।

निरजले धोनीलाई टेलिफोन गरेर सुशान्तको निधनको खबर दिएका थिए। टेलिफोनमा धोनीले निधन खबर सुनेपछि दु:ख व्यक्त गरेका थिए। यो खबर सुन्दा उनको परिवार नै स्तब्ध भएको थियो। सुशान्तसँग विताएको समय सम्झिएका थिए।

धोनीको जीवनीमा आधारित फिल्म 'एमएस धोनी: द अनटोल्ड स्टोरी'मा सुशान्तले धोनीको भूमिका निभाएका थिए। फिल्ममा काम गर्दा सुशान्तले धोनी र उनको परिवारसँग लामो समय विताएका थिए।

निर्देशक निरजका अनुसार सुशान्त धोनीजस्तो महान खेलाडीको भूमिकामा काम गर्दा आफूलाई भाग्यमानी ठान्थे। उनको मेहनत देखेर धोनी तारिफ गर्थे। यो फिल्मले सुशान्तको करियरलाई अझै उचाईमा लगेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell