काठमाडौं : नेपालमा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न २२ प्रयोगशालामा भएको ६ हजार १९८ स्वाब परीक्षणका क्रममा ५३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
संक्रमण पुष्टि भएकामध्ये कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा मोरङका ८ र सप्तरीका २ जना रहेका छन्।
त्यस्तै, प्रादेशिक प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापाका ३ र मोरङका ४ जनामा संक्रमण पुष्टि भएको छ। गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा सप्तरीका ११ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी, प्रादेशिक प्रयोगशाला जनकपुरमा धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, महोत्तरीका १ र सप्तरीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा अछामका २, बैतडीका १४, डडेलधुराका १५, कैलालीका ५८ र डोटीका ७ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, प्रदेश ५ को प्युठानका २४, पाल्पाका १०, अर्घाखाँचीका ९, रुपन्देहीका ९, गुल्मीका १ र नवलपरासीका ५ जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको जाजरकोटका १ जनामा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा संक्रमण पुष्टिर भएको छ।
प्रदेश २ को सर्लाहीका ४७, रौतहटका ३४ र सिराहाका २३ जनामा पनि संक्रमण पुष्टि भएको छ। टेकुमै भएको परीक्षणमा स्याङजाका २० जनामा पनि संक्रमण पुष्टि भएको छ। त्यस्तै, टेकुमै गरिएको परीक्षणमा बागमती प्रदेशको सिन्धुपाल्चोकका २ जनामा पनि संक्रमण पुष्टि भएको छ। टेकुमा गरिएको पछिल्लो २४ घण्टाको परीक्षणमा २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यस्तै, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ र नवलपरासी पूर्वका १६ जनामा पनि संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका ४१ जना र ओखलढुंगाका १ जनामा संक्रमण पुष्टि भएको छ।
पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक प्रयोगशाला पोखरामा भएका नमुना परीक्षणमा स्याङ्जाका १३, तनहुँका ११, नवलपरासी पूर्वका ८ जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा गुल्मीका १४ र पाल्पाका ८० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुपन्देहीका ३ र प्युठानका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा भएको परीक्षणमा दाङका १३ जनामा संक्रमण पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकामा ७४ महिला ४६१ जना पुरुष छन्। योसँगै नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ जना संक्रमित पुगेका छन्। नेपालमा २३ जनाको मृत्यु भइसकेको छ।