PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

सुदूरपश्चिममा थप एक सय ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित एक हजार १६१ पुगे



एम बम

सुदूरपश्चिममा थप एक सय ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा कुल संक्रमित एक हजार १६१ पुगे

कैलाली : सुदूरपश्चिममा सोमवार थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ जना र धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको धनगढीका पाँच महिला र १६ पुरुष गरी २१ जना, भजनीका एक पुरुष, अछाममा तीन महिला र दुई पुरुष गरी पाँचजना, डडेल्धुराको गन्यापधुराका तीन पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका तीनमहिला र एक पुरुष गरेर चार जना, बेदकोटका एक पुरुष, भीमदत्तनगरका एक पुरुष, पुनर्वासका दुई पुरुषमा कोरोना पुष्टि भएको छ। बझाङको बुगंलका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको उनले बताए।

यस्तै, सोमवार नै काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुराका पाँच महिला र १० पुरुष गरी १५ जना, बैतडीका एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछामका एक जनामा कोरोना पुष्टि भएको हो।  

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार १६१ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीमा तीन सय ४१, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell