PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कोरोना परीक्षण रिपोर्ट नभएको भन्दै अदालतले गरेन अभियुक्तको बयान



पहिलोपोस्ट

कोरोना परीक्षण रिपोर्ट नभएको भन्दै अदालतले गरेन अभियुक्तको बयान

काठमाडौँः अभियुक्तसँगै कोरोना परीक्षण प्रतिवेदन पेस गर्न भन्दै काठमाडौँ जिल्ला अदालतले बयान नगरी फिर्ता पठाएको छ। पीसीआर परीक्षण रिपोर्ट संलग्न नगरेको भन्दै साइबर अपराध अभियोगका अभियुक्त एकराम राईको अदालतले बयान नगरेको हो। 

न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बयान अस्वीकार गरेको हो। यसअघि भट्टराईकै इजलासले वैशाख ४ गते अदालतमा पेस गर्ने अभियुक्तको कोरोना परीक्षण गरेरमात्र पेस गर्न आदेश दिएको थियो। 

पढ्नुस्ः कोरोना जोखिमले न्यायाधीश त्रसित,‘परीक्षण रिपोर्टपछि मात्र अभियुक्तको बयान गर्ने आदेश’

सोमबार राईलाई अभियोपत्र संलग्न गरी थुनछेक बयानका लागि पेस गरिएको थियो। राईको आरडीटी परीक्षण रिपोर्ट पनि संलग्न थियो। तर, इजसासले पीसीआर परीक्षण रिपोर्ट नभएको भन्दै बयान अस्वीकार गरेको हो। 

अदालतले अभियुक्तसँगै सुरक्षाकर्मीको पनि रिपोर्ट इजलासमा पेस गर्न आदेश गरेको छ। अभियुक्त ल्याउने कार्यमा संलग्न सुरक्षाकर्मीको प्रतिवेदन पनि इजलासले माग गरेको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell