PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सवारी पास वितरणमा नयाँ व्यवस्था, यस्तो छ प्रशासनको सूचना



पहिलोपोस्ट

सवारी पास वितरणमा नयाँ व्यवस्था, यस्तो छ प्रशासनको सूचना
Photo: daokathmandu.moha.gov.np

काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास वितरणमा नयाँ व्यवस्था लागू गरेको छ। काठमाडौँबाट बाहिर जिल्लामा जाने सवारी पासको हकमा प्रशासनले नयाँ व्यवस्था लागू गरेको हो। 

प्रशासनले सूचना जारी गर्दै नियमित सेवा प्रवाह भइसकेको अवस्थामा निवेदन संकलन र वितरणको समय फेरेको हो। 

सूचना अनुसार अब बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पासका लागि निवेदन संकलन हुनेछ। भने, दिउँसो २ः३० बजेपछि पास वितरण गर्नेछ। 

काठमाडौँबाट बाहिर जाँदा सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बस्ने भन्ने स्थानीय तहको प्रमाणीकरणपछि मात्र पास जारी हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell