PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

सुमेघ ट्राभल्सले कोरोना नियन्त्रण तथा उपचारका लागि दियो ३० लाख, सरकारलाई २० लाख, बागलुङलाई १० लाख



पहिलोपोस्ट

सुमेघ ट्राभल्सले कोरोना नियन्त्रण तथा उपचारका लागि दियो ३० लाख, सरकारलाई २० लाख, बागलुङलाई १० लाख

काठमाडौँः सुमेघ टुर्स ट्राभल्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि ३० लाख रुपैयाँ प्रदान गरेको छ।

ट्राभल्सले नेपाल सरकारद्वारा स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २० लाख रुपैयाँ, बागलुङको बागलुङ नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ, गलकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चार लाख रुपैयाँ र ताराखोला गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा दुई लाख रुपैयाँ गरी तीस लाख रुपैयाँ प्रदान गरेको हो।

स‌ंकटका समयमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग रकम हस्तान्त्रण गरेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ। सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कम्पनीले जापानका लागि तीन वटा चार्टर्ड उडान समेत गरेको थियो।

मे १५, १७ र २२ तारिखमा काठमाडौँबाट जापानको नारिता विमानस्थलमा गरिएको उडानबाट कम्पनीले ७६६ जना यात्रुलाई आफ्नो गन्तव्यमा पुर्‍याएको थियो। नेपाल आएका जापानी नागरिक, जापानमा कार्यरत तथा अध्ययन गरिरहेका नेपाली तर नेपाल आएर भिषा सकिन लागेकालाई चार्टर्ड उडानबाट गन्तव्यमा पुर्‍याइएको कम्पनीले जनाएको छ।

कम्पनीले जापान उडानका लागि अनुमति दिने नेपाल सरकारको कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समिति, विभागीय मन्त्रालय तथा समन्वयका लागि दूतावासलाई पनि धन्यवाद ज्ञापन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell