PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन, नागरिकता विधेयक परिमार्जन गर्न माग



पहिलोपोस्ट

जनकपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन,  नागरिकता विधेयक परिमार्जन गर्न माग

जनकपुरधामः वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधानको विरोधमा जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार नागरिकता प्राप्तिका लागि ७ वर्षको समयसीमा राखेर विधेयकको प्रतिवेदन पारित गरेको थियो। पारित व्यवस्थाप्रति विभिन्न टीका-टिप्पणी भइरहेका छन्। उक्त व्यवस्था खारेजीको माग समेत भइरहेको छ।  

जनक चोकमा जनता समाजवादी पार्टी (जसपा) का स्थानीय कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्। उनीहरुले भानु चोक क्षेत्रमा पनि एक घण्टासम्म अवरोध गरे।

जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख रीता मिश्रको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

यसअघि आइतबार पनि जनकपुर, वीरगंज र राजविराज लगायतका शहरमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले विरोध प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell