PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एसपी दानबहादुर कार्की र डीएसपी कृष्णबहादुर कार्कीलाई प्रदेशको उत्कृष्ट प्रहरी अधिकृतको प्रोत्साहन पुरस्कार



पहिलोपोस्ट

एसपी दानबहादुर कार्की र डीएसपी कृष्णबहादुर कार्कीलाई प्रदेशको उत्कृष्ट प्रहरी अधिकृतको प्रोत्साहन पुरस्कार

काठमाडौं : गण्डकी प्रदेश सरकारले प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की र प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णबहादुर कार्कीलाई पुरस्कृत गरेको छ।

गण्डकी प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नै कार्यकक्षमा एसपी कार्की र डीएसपी कार्कीलाई एक समारोहबीच प्रदेशको ५० हजार राशीको उत्कृष्ट प्रहरी अधिकृतको प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरेका हुन्।

कार्कीद्वयले उत्कृष्ट प्रहरी हुँदै जनही ५०/५० हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रदेशस्तरमा ठूलो धनराशीमा प्रहरी पुरस्कृत भएको पहिलोपटक हो।

एसपी कार्की जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थिए। उनको भर्खरै प्रहरी प्रधान कार्यालय, विशेष व्युरोमा सरुवा भएको छ। त्यसैगरी, डीएसपी कार्की गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत छन्।

पुरस्कार वितरण समारोहमा प्रदेश मन्त्रीहरु, सांसद, सचिवहरु तथा कर्मचारीहरुको उपस्थिति थियो।

एसपी कार्कीको विदाई

यसैबीच, कास्की प्रहरी प्रमुख एसपी कार्कीको सोमवार विदाई गरिएको छ। २०७६ जेठ १७ देखि जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत कार्कीको प्रहरी प्रधान कार्यालय, विशेष व्यूरोमा सरुवा भएपछि कार्यालय तथा मातहत कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीले विदाई गरेका हुन्। कार्यक्रममा निमित्त कार्यालय प्रमुख डीएसपी सुवास हमालले शुभकामना तथा प्रहरी कर्मचारीले फूल तथा मायाको चिनो उपहार प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell