
कैलाली : कैलालीमा क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ का ३६ वर्षीय युवकको सोमवार साँझ मृत्यु भएको हो।
उनलाई आइतवार मात्रै घर पठाइएकोमा सोमवार वडा नम्बर ५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
उनका अनुसार मृतक युवकलाई वडा नम्बर २ को क्वारेन्टाइनबाट घर पठाइएको थियो। मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षणको तयारी भइरहेको बताउँदै प्रहरी नायब उपरीक्षक विष्टले शव व्यवस्थापन बारे छलफल भइरहेको बताए।