PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

पाल्पामा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु



रासस

पाल्पामा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु

पाल्पा : तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोले गाडी बगाउँदा तीन जनाको मृत्यु भएको छ। जसमध्ये एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। मृतकको पहिचान हुन सकेको छैन। घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिरोले गाडी बगाएको थियो। ट्रक, पानी ट्याङ्कर, एक बोलेरो र एउटा कार पहिरोले पुरिएको उनले बताए।

सडकमा कार र बोलेरो जीप जोखिम अवस्थामा छन्। सडक चौडा बनाउने क्रममा पहिरो गएको हो। पहिरोका कारण तानसेन-हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell