PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

बर्नलीमाथि म्यानचेस्टर सिटीको फराकिलो जित



पहिलोपोस्ट

बर्नलीमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि फराकिलो जित निकालेको छ। रियाद महरेज र फिल फोडेनको समान २/२ गोल र डेभिड सिल्भाको १ गोलको सहयतामा सिटीले बर्नलीमाथि ५-० को फराकिलो जित निकालेको हो।

इतिहाद स्टेडियममा भएको खेलमा फिल फोडेनको गोलमा घरेलु टोलीले २२ औं मिनेटमै अग्रता बनाएको थियो। त्यस्तै ४३ औं मिनेट र पहिलो हाफको अतिरिक्त समयमा महरेजले पेनाल्टी मार्फत गोल गर्दा सिटी पहिलो हाफमै ३-० को सहज अवस्थामा पुगेको थियो। दोस्रो हाफमा सिल्भाले गोल थपे। उनले खेलको ५१ औं मिनेटमा गोल गरे। त्यस्तै फोडेनले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल रह्यो।

जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा यथावत छ। सिटीले ३० खेलबाट ६३ अंक जोड्दा शीर्ष स्थानको लिभरपुलले समान खेल खेलेर ८३ अंक जोडेको छ। त्यस्तै बर्नली ३९ अंकसहित ११ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell