PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

डिसेम्बरसम्मका लागि अमेरिकाको ग्रिन कार्ड निषेध, वर्किङ भिसामा लगाइयो अस्थायी प्रतिबन्द



पहिलोपोस्ट

डिसेम्बरसम्मका लागि अमेरिकाको ग्रिन कार्ड निषेध, वर्किङ भिसामा लगाइयो अस्थायी प्रतिबन्द

वासिङ्टन : अमेरिकी सरकारले प्रदान गर्दै आएको ग्रीन कार्ड स्थगितलाई लम्ब्याएको छ। साथै, H-1B र H-4 वर्किङ भिसालाई पनि चालु वर्षका लागि निषेध गरेको छ।

सोमवार अमेरिकी सरकारले यस्तो निर्णय गरेको हो। दुई दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट काम गर्न आउनेमाथि रोक लगाउने तयारी भइरहेको बताएका थिए।

सोमवारबाट लागू गरिएको नियम त्यहाँ रहेर काम गरिरहेका र अमेरिकी भिसा म्याद भएकामाथि लागू हुने छैन। अमेरिकामा अध्ययनका लागि गएका विद्यार्थीहरुले पाउने अप्सनल प्राक्टिकल ट्रेनिङलाई भने यसले कुनै असर नपर्ने बताइएको छ।

एउटा कम्पनीबाट अर्को कम्पनीमा काम गर्न पाउनेगरी जारी भएको L1 भिसा र विशेषगरी डाक्टर तथा अनुसन्धानकर्ताले व्यापक रुपमा पाउँदै आएको J1 भिसामा पनि रोक लगाइएको छ। तर, कोरोना पेन्डामिकसँग जोडिएका रोजगारीको हकमा भने यो लागू हुने छैन।

यी सबै निर्णयहरु राष्ट्रपति ट्रम्पले डिसेम्बर ३१ सम्मका लागि लागू गराएका हुन्। यसबाट ५ लाख २५ हजार अमेरिकीको रोजगारी सुनिश्चित हुने ट्रम्प प्रशासनको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell