PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

लिग लिडर युभेन्टसको ४ अंकको अग्रता



पहिलोपोस्ट

लिग लिडर युभेन्टसको ४ अंकको अग्रता

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा बोलोग्नालाई हराउँदै युभेन्टसले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिब्यालाले समान १/१ गोल गरे।

खेलको २३ औं मिनेटमै युभेन्टसले खेलमा अग्रता बनाएको थियो। युभेन्टसका माथिज डि लिटलाई स्टेफानो डेन्सविलले फउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो। र, अवसरको सदुपयोग गर्दै रोनाल्डोले गोल गरे। त्यस्तै ३६ औं मिनेटमा डिब्यालाले गोल गर्दा पहिलो हाफमै युभेन्टस २-० को अवस्थामा थियो। दोस्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। बरु अतिरिक्त समयमा युभेन्टसका ड्यानिलो रेडकार्ड खाँदै बाहिरिए।

अंकतालिकामा २७ खेल खेलेको युभेन्टस ६६ अंकसहित शीर्षस्थानमा छ। त्यो भन्दा एक खेल कम खेलेका लाजियो ६२ र इन्टर ५७ अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell