PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

काठमाडौँ छोडेर अन्य जिल्ला जानका लागि पास उपलब्ध गराउँदै, मृत्यु संस्कारमा जानेले निवेदन दिए पुग्ने



पहिलोपोस्ट

काठमाडौँ छोडेर अन्य जिल्ला जानका लागि पास उपलब्ध गराउँदै, मृत्यु संस्कारमा जानेले निवेदन दिए पुग्ने

काठमाडौं : लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले बाहिरी जिल्ला जानको लागि सवारी पास वितरण गर्ने भएको छ। कार्यालयले सोमवार सूचना जारी गर्दै काठमाडौँ जिल्लाबाट बाहिरी जिल्लातिर जानको लागि पास उपलब्ध गराउन लागेको हो।

सवारी पास लिनको लागि मङ्गलवार बिहानदेखि निवेदन सङ्कलन गरिने कार्यालयले जारी गरेको सूचना उल्लेख गरिएको छ। बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म  सङ्कलन गरिने छ। निवेदन बुझाउँदा भने सामाजिक दुरी कायम गरी लाइनमा बस्नु पर्ने छ।

त्यस्तै, बिहान सङ्कलन गरेको निवेदनको ‌औचित्य हेरेर दिउँसो साढे २ बजेदेखि पास वितरण गरिने छ। बाहिरी जिल्ला जानको लागि पास अनुमति माग्दा जान लागिएको जिल्लाको स्थानीय तहले स्वकृति दिएको कागजपत्र भने पेस गर्नुपर्ने छ।

मृत्यु संस्कारमा जानको लागि भने निवेदन दिएपछि पास उपलब्ध गराइने कार्यालयले जानकारी दिएको छ। सरकारले असार १ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गरेपछि स्थानीय तहले दिएका पुराना सवारी पास खारेज गरेको छ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell