PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

तीन पाकिस्तानी क्रिकेटरलाई कोरोना संक्रमण



पहिलोपोस्ट

तीन पाकिस्तानी क्रिकेटरलाई कोरोना संक्रमण

टेस्ट खेल्न इङ्ग्ल्यान्ड जाने तयारीमा रहेका पाकिस्तानका तीन क्रिकेटरमा कोरोना सङ्क्रमण पुस्टी भएको छ। २१ वर्षे स्पीनर सादव खान, १९ वर्षे ब्याट्सम्यान हैदर अली र २६ वर्षे फास्ट बलर हरिस राउफमा कोरोना संक्रमण पुस्टी भएको हो।

पाकिस्तान इङल्याण्डमा तीन टेस्ट र तीन टी २० सिरिज खेल्ने गरि २८ जुनमा जाने तयारीमा छ। केहि दिन अघिमात्र इङ्ग्लान्ड जाने २९ सदस्यीय टिमको घोषणा गरिएको थियो।

पाकिस्तानी क्रिकेट बोर्डले सोमवार एक विज्ञप्ति निकाल्दै यी खेलाडीहरुमा कोरोना संक्रमण पाइएको स्पस्ट पारेको हो।

‘पिसिबीको मेडिकल टिम तीन जना खेलाडीकै सम्पर्कमा छ। तीनै जनालाई सेल्फ आइसोलेसनमा बस्न सल्लाह दिइएको छ। त्यस्तै इमाद वसिम र उस्मान सिनवारीको पनि रावलपिंडीमा परीक्षण गराएकोमा रिपोर्ट नेगेटिभ आएको छ।’ बोर्डको वक्तब्यमा भनिएको छ।

त्यस्तै खेलाडीहरु कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ। त्यस्तै कराँची, लाहोर र पेशेवरमा रहेका खेलाडी तथा प्रशिक्षकहरुको टेस्ट गरिएको र आज सम्ममा नतिजा आउने पिसिबीले जनाएको छ।

पछिल्लो समय पाकिस्तानी क्रिकेटरहरुले अलग अलग स्थानमा अभ्यास गरिरहेका थिए। र, सोही स्थानमा उनीहरुको परीक्षण भएको थियो। अभ्यास पछि सबै खेलाडी २४ जुनमा लाहोर जाने र त्यहाँबाट २८ जुनमा इङ्ग्ल्यान्ड जाने योजना थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell