PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

२० भारतीय सैनिक मारिँदा २ चीनियाँ सैनिक पनि थिए मारिएका, मिलेन भारतीय दावी



पहिलोपोस्ट

२० भारतीय सैनिक मारिँदा २ चीनियाँ सैनिक पनि थिए मारिएका, मिलेन भारतीय दावी

गएको १५ जुनमा गलवान उपत्यकामा भएको भारत र चीनका सैनिकबीचको मुठभेडमा परी दुई चिनियाँ सैनिकको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। त्यही घटनामा २० भारतीय सैनिकको मृत्यु भएको थियो।

भारतीय सैनिकको मृत्यु संख्यालाई आधार बनाउँदै भारतीय मिडियाले ४० भन्दा धेरै चिनियाँ सैनिकको मृत्यु भएको दावी गर्दै आएका थिए। तर, आज भने २ चिनियाँ नागरिकको मृत्यु भएको भारतीय मिडियाले आफ्नै मुलुकको सैनिक स्रोतलाई उदृत गर्दै जनाएको छ।

टाइम्स अफ इन्डिया लेख्छ - चिनियाँ पक्षले घटना लगत्तै आफ्न सैनिकहरु मारिएको भारतीय पक्षलाई जानकारी गराएको थियो जुन अहिलेमात्र खुलासा भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell