लकडाउन खुकुलो हुँदा निजी सवारीसधान चल्न थालेका छन्। बजार खुला हुँदै छ। ९० दिन घरमै थुनिएका तपाईँ साथीहरुसँग यो साता कुनै रेष्टुरेन्टमा बसेर रमाइलो साँझ बिताउने सोच्दै हुनुहुन्छ? वा तपाईँले आफ्ना वृद्ध आफन्तहरुलाई भेट्ने योजना पनि बनाइरहनु भएको छ? हुनसक्छ तपाईँले आफूलाई स्वस्थ महसुस पनि गरिरहनु भएको छ। र तपाईँले कोभिड-१९ परीक्षण गर्नु भयो र नतिजा नेगेटिभ पनि आयो। के बाहिर जानु यो नै सुरक्षित अवस्था हो त?
विज्ञहरु भन्छन्-कदापी होइन्। स्वस्थ देखिने मानिसहरुमा कोभिड-१९ को प्रभावकारिताबारे अझै पनि जानकारी छैन। परीक्षणले साना कमजोरी हुन पनि सक्छन्। तर पनि संक्रमणको लक्षण विकास भइनसकेका व्यक्तिहरुमा भाइरसको संख्या बढिरहेको हुन्छ र उनीहरुले कोभिड-१९ लाई नजानिँदो गरी फैलाउन सक्छन्।
अमेरिकामा अहिले प्रदर्शन, र्यालीमा सहभागी हुने जोखिम बढी छ। त्यस्तै बर्थडे पार्टी तथा अन्य समाजिक भेलाहरुले जनजीवनलाई सामान्य देखाउन सक्छ तर उनीहरु अनावश्यक यस्ता गतिविधिमा सहभागी हुँदैन किन भने नेगेटिभ टेस्ट रिजल्टले संक्रमणलाई रोक्दैन।
'यदि उनीहरु जोखिमपूर्ण भेटमा सहभागी भए भने उनीहरु कोरोनाबाट बच्न सक्दैनन्,' महामारी विशेषज्ञा ए मार्म किलप्याट्रिकले दी अटलान्टिकसँग भनेका छन्।
अर्को परीक्षण प्रभावकारितामा पनि प्रश्न उठ्दै आएको छ। अझ नेपालमा आरडीटीबाट परीक्षण गर्दै क्वारेन्टाइनमा रहेकाहरुलाई पीसीआर परीक्षण बिना नै घरमा पठाइँदै छ। आरडीटी नेगेटिभ आएर घर पठाइएकाहरुको मृत्यु भएको छ र आरटी-पीसीआर पद्धतिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ आएका पनि घटना सार्वजनिक भएका छन्।
अहिले सरकारले निर्देशिका जारी गर्दै कोरोना पोजेटिभ देखिएकाहरुलाई १४ दिन आइसोलेसनमा राखेर लक्षण निको भए परीक्षण बिना नै डिस्चार्ज गर्न निर्देशन दिएको छ।
अर्को कुरा तपाईँले जान्नुपर्ने कोरोना परीक्षणको नतिजा 'फल्स नेगेटिभ' हो। यस्तो नतिजा आएकाहरुबाट संक्रमण फैलाउने जोखम बढी हुने अध्ययनहरुले देखाएका छन्। चीनमा गरिएको यस्तै अध्ययनले ४४ प्रतिशत संक्रमण प्रिसिम्टोमेटिक केसहरुबाट फैलिएको देखाएको छ।
नेचर मेडिसिन जर्नलमा प्रकाशित उक्त अध्ययनले संक्रमण पुष्टि भएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गर्दा उनीहरुमा पहिले नै संक्रमण देखिएको र उनीहरुमा लक्षण नभएकोसमेत देखिएको जनाएको छ।
अझ अमेरिकालगायतका अन्य देशहरुमा चीनमा जस्तो संक्रमितहरुलाई आइसोलेट नगरिएको त्यस्तै अलाक्षणिक संक्रमण फैलिने दर बढी हुन सक्ने सो अध्यनमा सहभागी अनुसन्धानकर्ता बेन्जामिन कोलिङले भनेका छन्। हङकङ विश्वविद्यालयका इपिडिमियोलोजिस्टसमेत रहेका उनले भनेका छन्, 'चीनको अनुभवले पनि के देखाएको छ भने- मानिसलाई विरामी हुँदामात्र आइसोलेट गर्नु पर्याप्त छैन। हामीले प्रिसिम्टोम्याटिक ट्रान्समिसनलाई नजरअन्दाज गर्न सक्दैनौं। यदि तपाईँले केही लक्षण भएका संक्रमितलाई आइसोलेट गरेर संक्रमण रोक्छु भन्नु हुन्छ भने पनि प्रिसिम्टोम्याटिक ट्रान्समिसन हुन्छ। र यो माहामारी अगाडि बढिरहन्छ।'
प्रिसिम्टोमेटिक केसहरुमा परीक्षणको प्रभावकारिताको विषयमा अझै स्पष्ट छैन। यस्ता केसहरुमा परीक्षणको समयले अर्थ राख्छ। कोरोना भाइरसले नयाँ होस्टमा प्रवेश पाउँछ उसले सेलहरुलाई हाइज्याक गर्दै संख्या बढाउने अध्ययनले देखाएको छ। उक्त अध्ययनले शरीरमा भाइरसको संख्या समयसँगै बढ्दै जाने र यो वृद्धि लक्षण देखिनु अगाडि नै उच्च विन्दुमा पुग्न पनि सक्ने देखिन्छ। 'जुन दुईदेखि १४ दिनको बीचमा हुन्छ अनुपातमा पाँच वा छ दिनमा संख्या उच्च विन्दुमा पुग्छ,' सो अध्ययन प्रतिवेदनमा उल्लेख छ।
जोखिमपूर्ण सम्पर्कमा पुगेको चार दिन पछिमात्र परीक्षण गर्न विज्ञहरुले सल्लाह दिएका छन्।
पछिल्लो समय अमेरिकी सडकमा जोखिमपूर्ण प्रदर्शनहरु बढ्दै गएको र यसले संक्रमणको जोखिम हुने भन्दै विज्ञहरुले सहभागीहरुलाई परीक्षणमा जोड दिएका छन्।
प्रदर्शन नियन्त्रणका लागि खटिएका वासिङ्टनको नेसनल गार्डहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। त्यससँगै प्रदर्शनमा सहभागीहरुलाई वासिङ्टन डिसीका मेयरले सेल्फ आइसोलेसनमा राख्न आग्रह गरेका थिए। त्यस्तै कतिपय राज्यले प्रदर्शनमा सहभागीलाई नि: शूल्क परीक्षणको घोषणा गरेका थिए। तर, ओहियो स्टेट युनिभर्सिटीका इपिडिमियोलोजिस्ट तथा चिकित्सक विल मिररले २४ देखि ४८ घण्टाभित्र गरिने परिक्षणले नतिजा नदिन सक्ने भन्दै परीक्षणको योजना बनाएको भए ४ दिन पछि मात्र परीक्षण गर्न सुझाव दिएका छन्।
एक अध्ययनले कोभिड-१९ को एक्सपोजर भएको पहिलो दिन शतप्रतिशत 'फल्स नेगेटिभ' रिपोर्ट आउने जुन पाँचौं दिनमा आइपुग्दा ३८ प्रतिशतमा झर्ने र आठौं दिनमा पुग्दा २० प्रतिशतसम्म हुन सक्ने देखाएको छ।
यही सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसनले ल्याब तथा उपत्पादकहरुलाई सामाग्रीको भ्यालिडेसन कोभिड-१९ का लक्षण नदेखिएका संक्रमितमा परीक्षण गरेर गर्न निर्देशन दिएको छ।
नेपालमा पछिल्लो समय संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। साता अगाडिमात्र काठमाडौंका सडकमा सयौं मानिसहरु सरकार विरोधमा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा सहभागी केहीमा संक्रमण देखिएको भन्ने चर्चा सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ।
अर्कोतिर परीक्षणको दायरा बढाउँदै गए पनि परीक्षणको घेरालाई साँघुरो बनाउँदै लगिएको छ। लक्षण नदेखिएका र ट्राभल हिस्ट्री भएकाहरुलाई पनि क्वारेन्टाइनबाट १४ दिन राखेर परीक्षण नगरी घर पठाउँदै गर्दा समुदायमा संक्रमण फैलिने जोखिम पनि बढ्दै गएको छ।