PahiloPost

Jul 16, 2026 | ३२ असार २०८३

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुग्यो



पी बी खड्का

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुग्यो

सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। असार ३ गते अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो।

विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका ती पुरुषमा ४ गते कोरोना संक्रमण पुष्टि भएको कोरोना विशेष अस्पताल, प्रदेश अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए। संक्रमितको शव सुर्खेतमै नेपाली सेनाले अन्त्येष्टि गर्ने भएको छ। यो सँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि भएका मृत्यु हुनेको संख्या ५ पुगेको छ। दैलेख २, सुर्खेत २ र डोल्पा १ गरी ५ पुगेको हो।

देशभर भने योसँगै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell